२०७८ जेष्ठ ३ गते सोमवार

घोराहीमा कृषिजन्य औजारको सुपथ पसलको शुरुवात



१२  बैशाख ,घोराही । दाङको घोराहीमा कृषि उपकरण र औजारजन्य सुपथ पसलको शुरुवात गरिएको छ । घोराहीको शहिद गेटदेखि दक्षिणतिर जेसिज रोड नयाँ युगबोध राष्ट्रिय दैनिक घरमा मा सञ्चालनमा आएको ॐ ट्रेडर्स एण्ड सप्लायर्सको दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष टंकसिह बुढाथोकीले आइतवार एक कार्यक्रमकाबिच उदघाटन गर्नुभयो ।

पसलको उदघाटन गर्दै उहाले नविनतम सोचका साथ थालिएको उक्त पसलबाट स्थानीयले लाभ दिन सक्ने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । ध्रुवराज पौडेलले शुरुवात गर्नु भएको उक्त पसलमा बिभिन्न प्रकारका कृषि औजार, ग्रील, फर्निचर, रुख काट्ने आरी, मेसिन तथा टुल्स ग्रिडर मेसिन, रन्दा मेसिन, इलेक्ट्रिक मोटर पम्प, मोटर सिचाइ पाइप, राइस मिल, कम्वाइन मिल, बि पुल्लि ड्रिल मसिन तथा सम्पूर्ण मेशिनरी पार्टस पाइन्छ ।

यसका साथ पसलमा हार्डवयरका सामाग्रीहरु पावर टुल्स, ह्याण्ड टुल्स, सिकर्मी, डकर्मी ज्यावलहरु मिक्चर समेत पाइने पसलका प्रोपाइटर ध्रुवराज पौडेलले जानकारी दिनुभयो । करिव ३० लाख रुपैयाको लगानीमा शुरु गरिएको आफ्नो पसलबाट किसान तथा अन्य लक्षित वर्गलाई होलसेलकै सुपथ मूल्यमा औजार लगाएत विभिन्न एसोसेरिज सामानहरु उपलब्ध गराउने आफ्नो लक्ष्य रहेको पौडेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्