२०७८ माघ १३ गते बिहिवार

निर्माणाधीन पुलबाट १४ कामदार त्रिशुली नदीमा खस्दा १ को मृत्यु २ बेपत्ता



१२ बैशाख । देवघाट र भरतपुर महानगरपालिका जोड्ने निर्माणाधीन पुलबाट त्रिशुली नदीमा १४ कामदार खस्दा १ जनाको मृत्यु भएको छ ।

११ जनाको उद्दार गरिए पनि २ जना बेपत्ता भएका छन् । निर्माणाधीन पुलमा काम गर्दैगर्दा आइतबार बिहान उनीहरु एकैपटक खसेका हुन् ।

पुलबाट खस्दा भारतीय नागरिक ४३ वर्षीय विजय यादवको मृत्यु भएको छ । घाइतेको चितवनस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

केही समय अघि यही पुल बनाउँदा बनाउँदै भत्किएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्