११ बैशाख,घोराही ।
घोराहीमा ९ गतेबाट सुरु भएको तिन दिने खोज पत्रकारीता तालिमको आज समापन गरिएको छ । पत्रकार महिला मञ्च दाङको आयोजना र घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमको समापन गरिएको हो ।
मञ्चका अध्यक्ष लक्ष्मी आचार्यको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आथ्यिता एवं नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको विशिष्ट आतिथ्यतामा समापन कार्यक्रम सम्पन्न भएको हो ।
त्यसअबसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका उपप्रमुख न्यौपानेले सिकाई सदैव अपुरु हुने भन्दै यस तालिमले कार्य दक्षतामा अझ थप उर्जा थपिने बताउनुभयो ।
समाजमा लुकेर रहेका विषयवस्तुलाई खोज पत्रकारीताको माध्यम मार्फत बाहिर ल्याउनका लागि यस्ता तालिमले प्रभावकारी भुमिका खेल्ने भन्दै सिकेका विषयलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।
यसैगरी पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सिकाई प्रक्रिया निरन्तर रहेको हुँदा यस तालिमले थप क्षमता विकासमा टेवा पुग्ने बताउनुभयो । खोज पत्रकारीतामा अबसर र सम्भावना दुबै रहेको भन्दै अगाडि बढ्न प्ररेणा मिल्ने बताउनुभयो ।
तिन दिनसम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, लक्ष्मी आचार्य, नरेन्द्र केसी, शुसिल गौतम र जेएन सागर रहनुभएको थियो । तालिममा २० जना पत्रकारहरुको सहभागिता थियो । समापन कार्यक्रमको सहजिकरण पत्रकार महिला मञ्च दाङका उपाध्यक्ष सुशिला आचार्यले गर्नुभएको थियो ।।