२०७८ माघ ३ गते सोमवार

कोरोना संक्रमित पूर्वराजा दम्पती अस्पताल भर्ना



११ बैशाख,घोराही । कोभिड–१९ संक्रमण भएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् । उनीहरू कोभिड-१९ संक्रमण भएपछि घरमै आइसोलेशनमा बसेका थिए ।

स्वास्थ्यमा केही समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको पूर्वराजाका स्वकिय सचिव सागर तिमल्‍सिनाले इकागजलाई बताए । तिमल्सिनाका अनुसार उनीहरूको अवस्था सामान्य रहेको छ । भारतको हरिद्वारमा भएको कुम्भ मेलामा सहभागी भएर नेपाल आएपछि उनीहरूमा कोभिड पोजिटिभ देखिएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ११ गते शनिवार
प्रतिक्रिया दिनुहोस्