२०८० असोज १७ गते बुधवार

स्कुल अफ डेमोक्रेसीले जिप्रका दाङ मार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षण पत्र



१० बैशाख, दाङ ।

स्कुल अफ डेमोक्रेसीले जिल्ला प्रशासन कार्यालय दाङ मार्फत नेपाल सरकार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ध्यानाकर्षण पत्र पठाएको छ । विश्वभर फैलिरहेको कोभिड १९ को प्रभावबाट नेपाल दिनानुदिन अझ बढी प्रभावित भैरहेको भन्दै जिल्ला प्रशासन मार्फत ध्यानाकर्षण पत्र पठाएको हो । यही बैशाख ९ गतेसम्मको तथ्याङ्क हेर्दा नेपालमा हालसम्म संक्रमितको संख्या २ लाख ९२ हजार १ सय १५ जना रहेकोमा संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ७६ हजार ३ सय ४५ पुगेको छ भने ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ जना रहेका छन ।
दाङ जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ३ हजार ९ सय ८९ जना रहेकोमा अहिले संक्रिय संक्रमितको संख्या ३ सय ७ जना रहेका छन । संक्रमित मध्ये ३ हजार ३ सय ३० जनाको डिस्चार्ज गरिएको छ भने ९ जनाको कोरोना विशेष अस्पतालमा मृत्यु भइसकेको छ । उक्त ध्यानाकर्षण पत्रमा दाङ जिल्लामा बसोबास गर्ने अति विपन्न मरिवारका महिला श्रमिक, बालबालिका तथा जेष्ठ नागरिकहरु उच्च जोखिममा रहेको अवगत गराएको छ । सो पत्रमा ठुलो संकट आउनु पुर्व नै संविधानद्धारा प्रदान मौलिक हक मानवको बाच्न पाउने अधिकार सुनिश्चित गर्न तथा दाङ जिल्लाको कोरोना उपचारमा समेत विपन्न असहाय, श्रमिक उच्च जोखिममा रहेकाले बालबालिका तथा जेष्ठ नागरिकहरुलाई निःशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने अनुरोध गरिएको छ ।

लोकतान्त्रिक राज्य व्यवस्था भित्र मात्र संवैधानिक सर्वौच्चता रहन्छ भन्ने मान्यताको आधारमा नागरिकको हक अधिकारको प्रत्याभुतिको रक्षार्थ नेपाल सरकारको तर्फबाट नागरिकको जिवन रक्षाका लागि आवश्यक सहयोगको अपेक्षा गरिएको भन्दै स्कुल अफ डेमोक्रेसी दाङ जिल्लाकी अध्यक्ष विमला योगीद्धारा हस्ताक्षेरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्