२०७८ जेष्ठ ४ गते मङ्गलवार

लुम्बिनी प्रदेश चेम्बर अध्यक्षमा टंक पोखरेल



९ बैशाख,लुम्बिनी । लुम्बिनी प्रदेशश चेम्बर अफ कमर्सको अध्यक्षमा टंकसाद पोखरेल मनोनित हुनु भएको छ । नेपाल चेम्बर्स अफ कमर्सको विधान बमोजिम पोखरेललाई तीन वर्षको कार्यकालका लागि प्रदेश अध्यक्षमा मनोनित गरिएको हो ।

नेपाल कमर्स अफ चेम्बरको अध्यक्ष राजेन्द्र मल्लले पोखरेललाई प्रदेश अध्यक्षको जिम्मेवारी दिइएको पत्र बिहीबार हस्तान्तरण गर्नुभयो ।

मल्ल्ले पोखरेललाई कार्यकालको सफलताको शुभकामना दिनुभयो । अध्यक्षमा मनोनित पोखरलले चेम्बरको संस्थागत बिकासमा सिंगो प्रदेश लाग्ने प्रतिकृया दिनुभयो ।

‘प्रदेशमा विभिन्न अभियान मार्फत रोजगारी वृद्धि गर्ने र आयआर्जन जोड्नमा ध्यान हुनेछ’- उहाँले भन्नुभयो, ‘चेम्बरको संस्थागत बिकास गर्दै व्यवसायीक एकतामा ध्यान दिनेछौँ।’

रुपन्देहीलाई कर्मथलो बनाई २०५४ सालदेखि चेम्बर अभियानमा संक्रीय पोखरेल रुपन्देही व्यपार संघको २०५४ देखि २०७० सम्म अध्यक्ष हुनुहुन्थ्यो । जेसिस शहकारी र शहकारीका समेत कुशल नेतृत्व प्रदान गर्नु भएका पोखरेलले २०४५ सालदेखि बुटवललाई कार्यक्षेत्र बनाई अटोमोवाइल्स, हाइड्रो, बैंकिङ र मेडिकल क्षेत्रमा आफ्नो व्यवसाय बिस्तार गर्नु भएको छ ।

लुमबिनी प्रदेश चेम्बर्स अफ कमर्सको नेतृत्व लिएपछि यस क्षेत्रको गतिविधि चलायमान बनाउन साथै सरकार र निजी क्षेत्रका सेतुको काममा उल्लेख्य प्रगति हुने अपेक्षा यस क्षेत्रका व्यावसायीले गरेका छन् ।न्युजट्वान्टीफोरबाट

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्