२०७८ जेष्ठ ४ गते मङ्गलवार

जवरजस्ति करणी मुद्धामा फरार दाङका एक व्यक्ति ९ महिना पछि पक्राउ



९ बैशाख,घोराही ।
दाङ प्रहरीले जवरजस्ति करणी मुद्धामा फरार रहेका एक व्यक्ति ९ महिना पछि पक्राउ गरेको छ । राप्ती गाउँपालिका ३ वस्ने २८ वर्षका अजुन विकलाई आज घोराही १५ तुलसीपुरचोकमा हिडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो । गत साउन १६ गते जवरजस्ति करणी मुद्धामा फरार रहेका विकलाई पक्रउ गरि दाङ देउखुरी जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

साथै अपरािधक  घटना घटाई फरार रही लुकिछिपी रहेका व्यक्तिहरु सम्बन्धि कुनैपनि जानकारी भए प्रहरी कायालयमा जानकारी गराउन जिल्ला प्रहरी कार्यालय दाङले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्