२०७८ जेष्ठ ४ गते मङ्गलवार

यस पटक पनि सुनसान नै बन्यो बंगालाचुलीको उझा मेला



९ बैशाख, दाङ । दाङको बंगालाचुली गाउँपालिका वडा नं १ उझाँ एक चिरपरिचित नाम हो । त्यसो त यहाँ बागेश्वरी भगवती मन्दिर रहेको छ । यहीँ मन्दिरको कारण पनि उझाँको नाम चिरपरिचित बनेको हो । उझाँको यो मन्दिरमा हजारौँ दर्शनार्थीको भिड लाग्ने गर्दछ । आफुले गरेको पाप पगाल्न, सत्कर्मको बाटो हिड्न, पुण्य कमाउन, र मागेको कुरा पाउँने विश्वासका साथ पछिल्लो समय यहाँ दिनानुदिन पुजापाठको लागि आएका भक्तजनहरुको भिड लाग्ने गर्दछ ।

यो मन्दिरमा विशेष गरि बडा दशैको अष्टमी र चैते दशैको अष्टमीमा भव्य मेला लाग्ने गर्दछ । अन्य दिनहरुमा बलि दिने गरे पनि बडा दशैको अष्टमी र चैते दशै अष्टमीको दिन भने यस मन्दिरमा विशेष किसिमले बलि चढाउने चलन रहि आएको छ । उक्त दिनमा दाङ सहित रोल्पा, प्युठान लगायत अन्य जिल्लाबाट पनि पुजापाठसँगै बलि चढाउनेको भिड लाग्ने गर्दछ । तर अहिले विश्वमा नै हंगामा मच्चाइरहेको कोरोनाको प्रभावले गत साल त सुनसान नै भए पनि यो वर्ष भने फाट्टपुट्ट भक्तजनहरुको आगमन भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु कुवँरले बताउनुभयो ।

उहाँले मन्दिरलाई व्यवस्थापन गर्नको लागि पहिले कुनै समिति गठन नभएको र आफ्नो गाउँठाउलाई विकास र समृद्धिको लागि मन्दिरलाई अझ व्यवस्थित गर्नको लागि आफु नै उक्त मन्दिर व्यवस्थापन समितिको अध्यक्ष भएको बताउनुभयो । सो मन्दिरमा दर्शन गर्दा आफुले सोचेको मनको इच्छा पुरा हुने धार्मिक विश्वास पनि रहि आएको छ । आफुले कपुलेका बस्तुको बलि दिए पछि सोचेको पुरा हुने उक्त मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको भनाइ छ । अहिले उक्त मन्दिरमा ५ वटा भवनहरु रहेको छ । मन्दिरमा पुजा गर्न आउनेहरुका लागि पुजारीहरु पनि रहेका छन ।।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्