२०७८ जेष्ठ ४ गते मङ्गलवार

मुख्यमन्त्री राईलाई अपशब्द बोलेपछि थापाथलीबाट बालिका खड्का पक्राउ



९ वैशाख, काठमाडौं । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईमाथि विभिन्न आरोप लगाउँदै आएकी बालिका खड्का फेरि पक्राउ परेकी छिन् । एमाले पार्टी कार्यालय थापाथलीबाट उनलाई पक्राउ गरिएको हो । उनले मुख्यमन्त्री राईलाई अपशब्द बोलेकोले उनलाई पक्राउ गरिएको प्रहरी वृत्त सिंहदरवारका प्रमुख डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । ‘उहाँले पार्टी कार्यालय उद्घाटन कार्यक्रममा अपशब्द बोलेपछि उहाँलाई पक्राउ गरेका हौँ ।’ उनले भने ।

उनलाई बिहीवार (आज) १२ बजेको समयमा पक्राउ गरेको उनले बताए । साथै त्यस विषयमा आवश्यक अनुसन्धान भइरहेको डिएसपी बस्नेतले लोकपथलाई बताए ।

आज एमालेको मुख्यालय औपचारिक रुपमा धुम्बाराहीबाट थापाथली सारिएको छ । सो कार्यक्रममा उपस्थित हुन आएका मुख्यमन्त्री राईमाथि बालिकाले अपशब्द बोलेकी थिइन् । यसअघि पनि मुख्यमन्त्री राईलाई आफ्नो पति भएको दाबी गर्दै विभिन्न आरोपहरु लगाएपछि प्रहरीले बालिकालाई पक्राउ गरिसकेको छ ।लाकपथबाट साभार

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्