२०७८ जेष्ठ ३ गते सोमवार

एमाले केन्द्रीय कार्यालय थापाथली सारियो, ओलीद्वारा उद्घाटन



९ वैशाख,घोराही । नेकपा एमालेको केन्द्रीय कार्यालय आजबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान पार्टी कार्यालयको उदघाटन गरे । बल्खुमा नयाँ भवनको शिलान्यास गरी ओली सिधै बबरमहलस्थित कार्यालय आएका थिए । त्यहाँ केही बेर बसेर उनी फर्किएको बताइएको छ ।

बल्खुस्थित कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त बनाएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नहुन्जेल एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन गर्ने नेकपा एमालेले जनाएको छ । अढाइतल्ले रहेको उक्त भवनमा १३ वटा कोठा रहेका छन् ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्