२०८० असोज १७ गते बुधवार

घोराहीमा बस दुर्घटना: घाईतेको पहिचान खुल्यो



९ बैशाख,घोराही । दाङमा आज बस दुर्घटना हुदा १० जना घाइते भएका छन् । प्रहरीका अनुसार पोखराबाट तुलसीपुरतर्फ जाँदै गरेको बस घोराहीमा दुर्घटनामा परेको हो । ग १ ख ९६३९ नम्बरको बस सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो।

घाईते हुनेमा घोराही १२ की २२ वर्षिय सपना वि.क,उहाँका छोरा ४ वर्षिय निर्मल वि.क,तुलसीपुर १८ की १७ वर्षिय शर्मीला घर्ती,सल्यानको लुहाम बस्ने ३४ वर्षीय हस्ती गिरी र उहाँको ५ वर्षिय छोरा तेजबहादुर गिरी,सोहि ठाउँका १८ वर्षिय चेतना रेउले,१६ वर्षिय रामप्रसाद कठायत,सल्यान कपुरकोट ७ का ११ वर्षिय गणेश बोहरा,सुनसहरीको ईटहरी १ का ५२ वर्षिय दल बहादुर वि.क र स्याङजाको फेदीखोला १ बस्ने वर्ष ४२ का रामभक्त वि.क रहेका छन ।
घाईतेहरुको राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान घोराहीमा उपचार भइरहेको छ। बसमा करिव १५ जना सवार रहेका थिए घोराही तुल्सिपुर सडकखण्ड अन्तरगत चारलेन सडक निर्माणको लागि सडकको दुई छेउमा खनिएको भागमा बस खसेर दुर्घटना भएको छ।बिहानै पौने आठ बजे दुर्घटना भएको जनाइएको छ। वस चालक स्याङजा फेदीखोलाका ३१ वर्षिय दिपेन्द्र अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रमुख एसपी चन्दले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्