२०७८ जेष्ठ ४ गते मङ्गलवार

घोराहीमा विद्युतिय (ई) पत्रकारिता तालिम प्रदान



 

८ बैशाख,घोराही । घोराहीमा अनलाईन पत्रकारितामा क्रियाशिल पत्रकारहरुलाई ई पत्रकारिता तालिम दिईएको छ । विद्युतिय (ई) पत्रकारितामा लागेका पत्रकारहरुको क्षमता अभिवृद्धि सम्बन्धी तीन दिने तालिमको आज समापन गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथी एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख सिता सिग्देल न्यौपानले आम नागरिकले अनलाईन पत्रकारितालाई उच्च महत्त्वका साथ लिरहेको बताउनुुभयो । छोटो समयममै यसले परम्परागत सञ्चारमाध्यमलाई चुनौति दिन सक्षम भइसकेको भन्दै अझै अनलाईन पत्रकारितालाइ अझै विश्वसनिय र मर्यादित बनाउन आग्रह गर्नुुभयो ।

सञ्चार समुह दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा १५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षकमा प्रेस काउन्सील नेपालका केन्द्रिय सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नरेन्द्र केसी, टिका बस्नेत, सन्तोष सुवेदी र निमुसंगम घर्ती रहनु भएको थियो ।

घोराही उपमहानगरपालिको आर्थिक सहयोग तथा सञ्चार चौतारी दाङले आयोजना गरेको तालिममा सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरि कार्यक्रमा प्रशिक्षार्थीको तर्फबाट गोरक्ष राष्ट्रिय दैनिकका लिलाधरधर ओली,राप्ती पोष्टकी बिमला घर्ती र खोज रफ्तार अनलाईका हेमराज परिवर्तन बोल्नुभएको थियो । सञ्चार चौतारीका अध्यक्ष सुदर्शन रिजालको अध्यक्षतामा संचालन भएको तालिमकोे सहजिकरण सचिब हेमराज शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्