२०७८ जेष्ठ ४ गते मङ्गलवार

दाङमा लेनदेन मुद्दामा फरार रहेकी एक महिला पक्राउ



८ बैशाख, दाङ । दाङमा लेनदेन मुद्दामा फरार रहेकी एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १४ निवासी ३१ वर्षीया धनमाया बुढा रहेको प्रहरीले जानकारी दिएको छ। बुढालाई आफ्नै घरमा लुकिछिपि बसेको समयमा सोमबार साढे ४ बजे प्रहरीले पक्राउ गरेको हो ।

दाङ देउखुरी जिल्ला अदालतले उनलाई २०७६ साल कर्तिक ६ गते लेनदेन मुद्दामा २ बर्ष कैद सजाय तोकेको थियो । त्यसपछि उनी फरार रहदै आएकी थिएन । उनलाई सोमबार पक्राउ गरि हिजो मंगलबार अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्