२०७८ माघ ९ गते आइतवार

दाङमा हाइसले मोटरसाईकललाई ठक्कर दिदा बालकको मृत्यु,आमा–बुबा घाइते



७ बैशाख,घोराही । दाङमा हाइसले मोटरसाईकललाई ठक्कर दिदा एक बालकको मृत्यु भएको छ भने आमा–बुबा घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निबासी ८ बर्षका बालक स्पर्श आचार्य को मृत्यभएको हो ।

मृतक बालकका बुवा ३९ बर्षका सुदिप आचार्य र आमा २८ बर्षकी पार्वता आचार्य घाइते हुनुभएको छ । पश्चिम दाङको सितापुरबाट तुलसीपुर आउँदै गरेको रा५प ५६०४ नम्बरको मोटरसाईकललाई तुलसीपुरबाट हापुरे जाँदै गरेको भे१ज १००२ नम्बरको हाइसले बबई गाउँपालिका–६ पञ्चकुलेको ओरालोमा ठक्कर दिदा दुर्घटना भएको थियो ।घटना लगत्तै चालक फरार रहेका छन् ।सुदिपको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर र पार्वताको घोराहीमा उपचार भइरहेको छ प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्