६ बैशाख, घोराही । आफ्नो जन्मदिनको अवसरमा घोराही उपमहानगरपालिका वडा नं १९ लिथान निवासी सन्चारकर्मी रोम थापाले आज रक्तदान गर्नुभएको छ । रक्तदान नै जिवन दान हो भन्ने मान्यता र बिरामिलाई रगत अभाबमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ उहाँले जन्म दिनको अवसरमा रक्तदान गरेको बताउनुभएको छ । नेपाल रेडक्रस सोसाइटीद्धारा सन्चालित रक्तसन्चार केन्द्र घोराही शाखामा पुगेर उहाँले रक्तदान गर्नुभएको हो ।
साथै उहाँले यदि कुनै व्यक्तिलाई ए पोजेटिभ रगतको अभाव भएमा आफु रगतदिन तयार रहेको बताउनुभएको छ । थापा खोजरफ्तार अनलाईनका डेस्क सम्पादक हुनुहुन्छ भने दाङ घोराहीमा रहेको रेडियो स्वर्गद्धारीको समाचार शाखामा कार्यरत रहनुभएको छ ।