२०७८ जेष्ठ ३ गते सोमवार

दाङ सहित १३ जिल्लाका मुख्य सहरमा विद्यालय बन्द



६ बैशाख,घोराही ।
सरकारले कोरोना रोकथामका लागि भन्दै संक्रमणबाट अति प्रभावित सहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले महामारीबाट बढी प्रभावित दाङसहित १३ जिल्लाका मुख्य सहरमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि कोरोना संकट व्यवस्थापन समितिको बैठकले ती क्षेत्रका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।सरकारले विद्यालय बन्द भएका क्षेत्रमा अनलाईन माध्यमबाट पठन पाठनलाई निरन्तरता दिन निर्देशन पनि दिएको छ ।

बालबालिकालाई कोरोनाबाट बचाउन निर्णय गरेको सरकारका प्रबक्ता पार्वत गुरुङले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले दाङ सहित काठमाडौं उपत्यका तथा कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ,सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।

यीनै जिल्लाका शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।यस्तै यी १४ जिल्लामा रात्री व्यवसायमा पनि कडाइ गरिने भएको छ । होटल रेष्टुरेन्ट तथा क्लब, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा सम्मेलन, बैठक तथा भेलामा रोक लगाउन सीसीएमसीले सिफारिस गरेको थियो ।।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्