२०८० असोज ६ गते शनिवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



६ बैशाख, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको तर्फबाट प्रदेश सभा सदस्य इन्द्रजित थारुले अविश्वासको प्रस्ताव दर्ता गराउनुभएको हो । अविश्वासको प्रस्तावमा ४१ सांसदको हस्ताक्षर रहेको छ । अबको मुख्यमन्त्रीमा माओवादीका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।

लुम्बिनीमा ८७ जना सांसद रहेकोमा एमालेका ४१ सांसद रहेका छन् । नयाँ सरकार बनाउन ४३ सांसदको आवश्यक पर्छ । एमालेबाहेकका दलले गठबन्धन गरेकाले लुम्बिनीमा एमालेको सरकार गुम्ने सम्भावना बढेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्