५ बैशाख,घोराही /
एक जना विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सल्यानको शारदा नगरपालिका ८ मार्के स्थित त्रिभुवन जनता मावि एक साताका लागि बन्द गरिएको छ ।
अन्य विद्यार्थीहरु जोखिममा पर्न नदिन आजदेखि विद्यालय बन्द गरिएको हो ।विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार सूचना प्रकाशन गरेर विद्यालय सात दिनका लागि बन्द गरिएको प्रधानाध्यापक दलबहादुर विकले जानकारी दिनुभयो ।
धेरै विद्यार्थी तथा शिक्षक रुघाखोकीबाट ग्रसित भएपछि पीसीआर परीक्षण गराउँदा कक्षा १० मा पढने एक छात्रालाई कोरोना पोजेटिभ देखिएको उहाँको भनाई छ । संक्रमित छात्रालाई स्वास्थ्य कार्यालय सल्यानले जिल्ला अस्पतालमा सञ्चालन गरेको आइसोलेसनमा राखिएको छ ।।