२०७८ माघ १३ गते बिहिवार

घोराहीकी ३७ वर्षिया महिलाको कोरानाबाट मृत्यु



४ बैशाख.घोराही /
दाङकी ३७ बर्षीया कोरोना संक्रमित महिलाको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ११ नारायणपुरकी ती महिलालाई चैत २६ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।

त्यसपछि उनलाई भेरी अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा गयराती मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।

यो सहित दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस्