४ बैशाख,काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गइरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आह्वान गरेका छन् । शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलापविरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताए । जनताले सही र गलत क्रियाकलाप छुट्याएर गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ ।
निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए ।
ुसरकार निर्वाचित भएर ५ वर्षका लागि आएको हो । राजनैतिक अस्थिरता निम्त्याउन अहिले सरकार ढाल्ने खेल भइरहेको छ । यसले र्दुभाग्य निम्त्याउँछ,ु उनले भने, सधैँ बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो होइन । एउटा अवधिसम्म बस्ने हो । राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् । भएन भने दण्डित गर्छन् । अहिले पनि राजनीतिक क्षेत्रमा विकृतिहरू, विसंगतिहरू देखापर्न खोज्दै छ । क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरूबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निरासा फैलाउने र अस्तव्यस्त श्रृजना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन ।ु
उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण श्रृजना भएको बताए । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पुर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो ।