२०७८ माघ ३ गते सोमवार

आज थप ९ सय जनामा कोरोना पुष्टि,चार जनाको मृत्यु



३ वैशाख, घोराही। नेपालमा पछिल्लो २४ घण्टामा ९ सय जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस्तै पछिल्लो २४ घण्टामा दुई सय आठ जना निको भएसँगै संक्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७४ हजार आठ सय १२ पुगेको छ ।

अहिले नेपालमा पाँच हजार आठ जना सक्रिय संक्रमित छन् । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ७० जना पुगेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्