२०७८ माघ १३ गते बिहिवार

फोहरलाई मोहरमा बदल्दै, घर–घरमा ग्यास पु¥याउने योजना



३ चैत्र,घोराही ।
घोराही उपमहानगरपालिकाले फोहरलाई मोहरमा बदल्न थालेको छ । उपमहानगरपालिकाले गल्नेबाट ग्यास र मल बनाउने तयारी अन्तिम चरणमा पु¥याएको छ भने नगल्ने फोहर खरिद गर्ने अभियान सुरु गरेको हो ।

घोराही उपमहानगरपालिका१६ करौटीडाँडाको गरुवागाउँमा खाना पकाउने ग्यास उत्पादनको तयारी थालिएको छ । २०७५ साल मंसिर ५ गते त्रिपक्षीय सम्झौता गरेर आउँदो असार मसान्तसम्म ग्यास उत्पादन गर्ने गरेर काम तीव्ररुपमा अघि बढेको बायो ग्यास उत्पादन परियोजनका प्रशासन अधिकृत शारदा शर्माले जानकारी दिनुभयो ।

अहिले ग्यास प्लान्टको ९० प्रतिशत काम सकिएको र आउँदो असार मसान्तसम्म पाइपलाइन मार्फत ग्यास वितरण गरिने उहाँको भनाइ छ ।झण्डै एक हजार ६ सय घरमा पाइप लाइनमार्फत खाना पकाउने ग्यास वितरण गर्ने योजनाका साथ टोल विकास संस्था मार्फत स्थानीयहरुले फारम भर्ने काम गरिरहेका छन् ।

त्यस ग्यास उद्योग क्षेत्रका बस्ती र नारायणपुर बजार क्षेत्रमा वितरण गर्ने गरी तयारी थालिएको अधिकृत शर्माले बताउनुभयो ।घर घरमा पाइपमार्फत ग्यास जोड्ने र मिटर चलेअनुसार रकम घर धनीले बुझाउने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

ग्यास उत्पादन भइसकेपछि दैनिक ७ हजार चार सय किलो प्राङ्गारिक मल समेत उत्पादन गर्ने लक्ष्य लिइएको छ । त्यस मललाई प्याकेजिङ गरेर बिक्री गर्ने योजना रहेको छ । सम्झौता अनुसार २० वर्षपछि चालु अवस्थामै प्लान्ट घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने सम्झौता भएको सिनियर डिभिजनल इन्जिनियर युवराज पौडेलले जानकारी दिनुभयो ।।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्