२०७८ माघ ९ गते आइतवार

स्थानीय तहको निर्णयमा विद्यालय बन्द



३ चैत्र,घोराही /
शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले कोरोना संक्रमण उच्च भएका जिल्लामा जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको समन्वयमा स्थानीय निकायको निर्णयअनुसार विद्यालय बन्द गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्न भनेको छ ।

आज मन्त्रालयमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको उपस्थितिमा कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे अन्तरक्रिया भएको थियो । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमणका हिसाबले अति जोखिममा रहेका भनी पहिचान गरेका जिल्ला र सहरमासम्बन्धित स्थानीय तहको निर्णयबमोजिम विद्यालय बन्द गर्ने नगर्ने निर्णय लिन भनेको हो ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेको र त्यसबाट विशेषगरी विद्यालय जाने उमेर समूहका विद्यार्थीहरुमा संक्रमणको जोखिम उच्च रहेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् ।

बालबालिकामा कोरोना संक्रमणको दर बढ्दो भए पनि त्यसलाई नियन्त्रण गर्न शिक्षण संस्था बन्द गर्ने विषयमा सरकार दोधारमा परेको छ । विद्यालय बन्द गर्न सरकारमाथि अभिभावकको दबाब बढ्दो छ तर सरकारका निकायहरूले निर्णय लिन सकेका छैनन् ।।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्