२०७८ माघ १३ गते बिहिवार

नेपालमा पहिलोपटक देखियो डबल म्युटेन्ट भाइरस



२ वैशाख,काठमाडौं । नेपालमा एकजनामा कोभिड–१९ को नयाँ प्रजाति डबल म्युटेन्ट भाइरस देखिएको छ । ललितपुरका एकजना संक्रमितमा डबल म्युटेन्ट भाइरस पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार जीन सिक्वेन्सिङका लागि हङकङ पठाइएका १५ वटा नमुनामध्ये एकजनामा यो भाइरस पुष्टि भएको हो । ५९ वर्षीय एक व्यक्तिमा देखिएको भाइरस उनको सम्पर्कमा आएका अरुमा भएरनभएको पहिचान गर्न कन्ट्याक ट्रेसिङको काम भइरहेको डा। पौडेलले बताए ।

भारतमा राजस्थान, गुजरात, नयाँदिल्लीलगायत क्षेत्रमा देखिएको डबल म्युटेन्ट नेपालमा भने पहिलोपटक पुष्टि भएको हो ।

प्रकाशित मिति : २०७८ बैशाख २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्