२०७८ जेष्ठ ४ गते मङ्गलवार

सल्यानको कुपिण्डे तालमा डुंगा डुब्यो



१ वैशाख,घोराही ।
सल्यानको कुपिण्डे तालमा ७ जना सवार डुंगा डुबेको छ । बुधबार (आज) मध्याह्न साढे १२ बजेतिर यात्रु बोकेर तालको बीच भागमा पुगेको काठको डुंगा डुबेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

नयाँ वर्षको दिनको अवसर परेर घुम्न गएका व्यक्तिहरु डुंगामा सवार गरिरेहाका थिए । सवार यात्रुले लाइफ ज्याकेट लगाएकोले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । काठले बनेको पुरानो डुंगा भएकोले भित्र पानी पस्दा डुंगा डुबेको बताइएको छ ।

डुंगा डुबेपछि यात्रुहरु लाइफ ज्याकेटको कारण पानीमा डुब्नबाट जोगिएका हुन् । चालकले लगाएत त्यहाँ भएका अन्य ढुंगाका मान्छेले यात्रुलाई तालको किनारमा ल्याएर सकुशल उद्धार गरेका हुन । उक्त डुंगा भने तालको धेरै तल गहिराइमा पुगेकोले निकाल्ने अवस्थामा नरहेको वडा अध्यक्ष कुल बहादुर पुरीले बताउनुुभयो ।

प्रकाशित मिति : २०७८ बैशाख १ गते बुधवार
प्रतिक्रिया दिनुहोस्