२०८० असोज ६ गते शनिवार

बलात्कारको आरोप लगाएर पछि होइन भन्ने घोराहीकी युवति जेल



३१ चैत,घोराही।
बलात्कार मुद्धामा बयान फर्ने दाङका एक युवतीलाई अदालतले कैद सजाय तोकेको छ । बलत्कारको उजुरी दिएर बकपत्रमा बयान फेर्ने युवतीलाई दाङ देउखुरी जिल्ला अदालते एक महिना कैद सजाय तोकेको हो ।

ति युवतीले घोराहीका तीन जना युवाले आफुमाथि सामुहिक बलत्कार गरेको भन्दै गत असोज ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरी दिएका एक बालिका र ति युवतीले अदालतमा फागुन ४ गते गरेको बकपत्रमा बलत्कार नभई उनीहरुलाई दुख दिन उजुरी हालेको उल्लेख गरेका छन् ।

जिल्ला न्यायधिस रितेन्द्र थापाको इजलासले बयान फेर्ने युवतीलाई उल्टै कैद सजाय तोकेको हो । चैत २३ गते न्यायधिस थापाको इजलासले झुट्टा मुद्धा हालेर अदालतको समय बर्बाद गर्ने र राज्यको जनशक्ति र स्रोतमा क्षति पुर्‍याएको ठहर गर्दै एक जनालाई नबालिग भएकोले छोडिएको छ भने अर्का जाहेरवाला युवतीलाई कैदको फैसला गरेको हो ।

बलत्कारको आरोप लगाउने युवतीले तीन जना युवालाई जनही २५/२५ हजार रुपैँया क्षतिपुर्तीसमेत दिनुपर्ने फैसला गरिएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्