२०७८ माघ ९ गते आइतवार

को बन्छ ‘फ्रिडम डान्स स्टार’?



३० चैत,घोराही । ‘फ्रिडम डान्स स्टार’ को फाईनलमा ७ जना प्रतिस्पर्धीहरु छानिएका छन् ।स्वतन्त्र युवा क्लब तुलसीपुर वडा नम्बर ६ को आयोजनामा संचालन हुँदै आएको ‘फ्रिडम डान्स स्टार’ को पहिलो संस्करणको फाईनल यही बैशाख १ गते तुलसीपुरको बि.यस.यस पार्टी प्यालेसमा हुदैछ ।

‘ ‘फ्रिडम डान्स स्टार’ को पहिलो संस्करणमा दुई माहिनाअघि तुलसीपुर र हापुरे लगाएतका ठाउँमा अडिसन लिईएको थियो । दाङ जिल्लाबाट ४० जना प्रतियोगीहरु छानिएका थिए । जिल्लाका विभिन्न स्थानमा छरिएर रहेका अनि लुकेर बसेका प्रतिभहरुलाई एकै ठाउँमा समेटि ती प्रतिभाहरुलाई निखारि बाहिर ल्याउने र राष्ट्रियस्तरमा उनीहरुको प्रतिभा पु¥याउने उद्देश्यले संचलनमा ल्याईएको ‘‘फ्रिडम डान्स स्टार’ प्रतियोगीताका आयोजक तथा संस्थाका अध्यक्ष सन्दिप गौतमले बताउनुुभयो ।

‘‘फ्रिडम डान्स स्टार’को ‘फाईनलमा दाङको विजौरीबाट झरना घर्ती,जुनु पुन मगर,विनु ओली, तुलसीपुरबाट प्रसन्न राठोर,निर्मला मगर,तुफान ओली र मानपुरबाट कल्पना पौडेल रहेका छन् ।

‘फ्रिडम डान्स स्टार’ प्रतियोगीताका जर्जहरु नृत्य निर्देशक बिजय रोकाय र अर्जुन रोकामगर रहेका छन् । प्रतियोगीताको फाईनलमा ७५ प्रतिशत भोटको आधारमा र बाँकि २५ प्रतिशत निर्णायकको निर्णयमा हुने छ । प्रतियोगीतामा विजेता हाँसिल गर्नेले नगद बीस हजार पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्