२०८० असोज ६ गते शनिवार

एकैदिन १३ जनाको मृत्यु, ४९६ जना संक्रमित थपिए



३० चैत्र,घोराही ।
नेपालमा कोरोना संक्रमण र त्यसबाट हुने मृत्यु संख्या बढेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट एकैदिन १३ जनाको मृत्यु भएको छ । यो केही महिनायताकै धेरै हो ।

यसअघि माघ १२ गते एकैदिन १४ जनाको मृत्यु भएको थियो ।कोरोना संक्रमणबाट बुटवलमा आज मात्रै एकैदिन ३ जनाको मृत्यु भएको छ । देशभर संक्रमण पनि बढेको छ ।

वितेको २४ घण्टामा ४ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो पनि तीन महिना यताकै उच्च हो ।कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ र मृतकको संख्या ३ हजार ५३ पुगेको छ ।

थप १सय ३८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३३ सय ६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस्