३० चैत,काठमाडौं – प्रदेश नम्बर १ को लोकसेवा आयोगले कर्मचारीको माग गरेको छ । आयोगले ८१ जना प्राविधिक कर्मचारीको माग गरेको हो ।
आयोगले सोमबार सार्वजनिक सूचना जारी गरी प्रदेश १ अन्तर्गतका विभिन्न पालिकाका लागि कर्मचारी माग गरेको छ ।
आयोगले असिस्टेन्ट तथा सवइन्जिनियर गरी ८१ जनाको माग गरेको हो । योग्यता पुगेकाहरूले दरखास्त वैशाख १९ गतेभित्र दिइसक्नुपर्ने छ ।
परीक्षा केन्द्र विराटनगर कायम गरिएको छ ।
आजकोअर्थबाट
प्रकाशित मिति : २०७७ चैत्र ३० गते सोमवार