२०८० असोज १७ गते बुधवार

‘लुम्बिनी सरकार छिटै परिवर्तन हुन्छ’



२९ चैत,बुटवल । लुम्बिनी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले केन्द्रमा राजनीतिक समीकरण मिल्नासाथ प्रदेशमा पनि सरकार परिवर्तन हुने बताएका छन्। लामो समयसम्म पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा तटस्थ बस्न खोजेका मन्त्री केसीले अंहकार र दम्भका कारण राजनीतिक गत्यारोध पैदा भएको भन्दै अब सरकार परिवर्तनको हुने संकेत गरेका हुन्। लुम्बिनीमा मुख्यमन्त्री शंकर पोखरेलपछि केसी दोस्रो वरियताका मन्त्रीका रुपमा लिने गरिन्छ।

आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले छिट्टै निकास निस्कने बताए। केन्द्रीय राजनीति प्रदेशमा पनि हाबी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने उनले बताए।

उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रीय राजनीति तल्लो तहसम्म हाबी रहेको दाबी गरे। उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए।

प्रकाशित मिति : २०७७ चैत्र २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्