२०८० असोज १७ गते बुधवार

फुल बारीमा फुल बोलको गीत बजारमा (भिडियो सहित)



२८ चैत,घोराही । फुल बारीमा फुल बोलको गीत बजारमा आएको छ । नव गायिका सुनिता बि.सी र गोबिन्द पौडेलको आवाजमा रहेको गीत बजारमा आएको हो । गीतको लय सब्द पनि गोबिन्द पौडेलको रहेको छ भने भवाना म्युजिक सोलुसनबाट यो गीत बजारमा आएको हो ।

बगैचामा सयौ फुल फुलेको, एउटै फूलमा यो नजर डुलेको,फूलबारीमा फुल छ, जुन फूलमा रस पाउछ तेही भमरा डुल्छ जस्ता शब्द रहेको गीतमा निकै राम्रो भिडियो बनेको छ ।

अहिले पछिल्लो समयका ब्यस्त निर्देसक तथा कोरियोग्राफर काजिश श्रेष्ठको निर्देसन रहेको भिडियोलाई राजेश घिमिरेले छयांकन गरेका हुन् भने दिपक बिष्टको सम्पादन रहेको छ । सबैको मनमा बस्न सफल गाएक सर्जक डान्सर सफल कलाकार प्रकाश सपुत अनि गरिमा शर्माको अभिनयले निकै राम्रो बनेको छ भिडियो।

भिडियो…..

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्