२८ चैत्र,घोराही।
घोराही उपमहानगरपालिका वडा नम्वर १४ को वडास्तरिय बाल संञ्जालको अध्यक्षमा लक्ष्मी श्रेष्ठ चयन हुनभएको छ । संञ्जालका अध्यक्ष चन्द्रप्रकाश नेपालीको अध्यक्षता तथा घोराही १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी वडा स्तरिय बाल संञ्जालको ११ सदस्यि नयाँ कार्यसमिती चयन गरिएको हो ।
जस्को उपाध्यक्षमा फातमा खातुन, सचिवमा प्रज्वल खड्का बुढाथोकी, कोषाध्यक्षमा मनिषा योगी र सहसचिवमा दिपा नेपालीलाई चयन गरिएको हो । यस्तै सदस्यहरूमा सुनिल डाँगी, विधान केसी, सन्दिप चौधरी, कविता वली र वर्षा शर्मालाई सर्वसम्मत रुपमा चयन गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष डाँगीले बालमैत्री वडा घोषणालाई पहिलो प्राथमिकतामा राख्दै आफ्ना क्रियाकलाप गर्न सुझाव दिनुभयो । यस्तै बालमैत्री टोल घोषणा गर्नका लागी संञ्जालका सदस्यहरु संयोजक रहने गरी विभिन्न उपसमिती पनि गठन गरिएको छ ।।