२०८० असोज १७ गते बुधवार

राप्ति साहित्य परिषद दाङको अध्यक्षमा समिर



२८ चैत्र,घोराही/
राप्ति साहित्य परिषद दाङ शाखाको चौथो जिल्ला अधिवेशन आज घोराहीमा सम्पन्न भएको छ । परिषद दाङका अध्यक्ष कमलमणी देवकोटाको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायनप्रसाद शर्माको प्रमुख आतिथ्यतामा अभिवेशन सम्पन्न गरिएको हो ।

कार्यक्रममा बोल्दै शर्माले समाज सुधारका लागी सहित्यले निकै महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । साहित्यकार बुनु लामिछाने लाई यज्ञबहादुर बुढाथोकी स्मृति प्रतिभा पुरस्कार २०७५ र यज्ञ बहादुर बुढाथोकी स्मृति प्रतिभा पुरस्कार २०७६ गीतकार प्रकाश केसीलाई गरिउको हो भने सम्मान पुरस्कार संस्थापक मनोज बुढाथोकी प्रदान गरिएको छ ।

यस्तै चौथो अधिवेशनले दिपक शर्मा समिरको अध्यक्षतामा ११ सदस्यि नयाँ कार्यसमिती चयन गरेको छ । जस्को उपाध्यक्षमा शारदा शर्मा, सचिवमा प्रकाश केसी, कोषाध्यक्षमा यम रेग्मी र सहसचिवमा प्रवल विष्टलाई चयन गरिएको छ । यस्तै सदस्यहरुमा आशिष कल्पवृक्ष, शरद समिपलाई चयन गरिएको छ । ४ जना सदस्य पछि थप्ने गरि ९ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ ।

परिषदका सल्लाहकार द्वय गिरीराज शर्मा ,उत्तमकृष्ण मजगैया, लेखकसंघका अध्यक्ष खगराज न्यौपाने, पुरस्कार संथापक नरेश जंग राना, केवि मसाल, डा लोकराज पराजुलीलगाएतले कार्यक्रममा बोल्नु भएको थियो । उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव शारदा शर्माले गर्नुभएको थियो ।।

 

प्रकाशित मिति : २०७७ चैत्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस्