२०८० असोज ६ गते शनिवार

अन्तरपार्टी महिला सञ्जालकोे अधिवेसन शनिवार,तीन महिला पत्रकार सम्मानित



२७ चैत,घोराही।
अन्तरपार्टी महीला सञ्जाल दाङले भोली आठौ अधिवेसन तथा महीला मैत्री फुटवल प्रतीयोगीताको आयोजना गरेको छ । अन्तरपार्टी महिला सञ्जाल दाङका अध्यक्ष शुशीला पौडेलका अनुसार भोली जिल्लाको आठौ जिल्ला अधिवेसन पुस्तक विमोचन तथा महिला मैत्री फुटवल हुने भएको छ ।

महीला मैत्री फुटवल घोराही उपमहनगरपालीका वर्डा न १८ नवलपुरको खेलमैदानमा विहान ७ वजेदेखी सुरु हुने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ। अधिवेसनका अवसरमा अन्तरपार्टी महीला सञ्जाल दाङले १० वटै पालीकाका उपप्रमुख तथा न्यायीक समीती संयोजक, हरुलाइ सम्मान तथा महीला संचारकर्र्मीह्रुलाइ सम्मान गर्ने भएको छ ।

सञ्जालले दाङमा वसेर राष्ट्रीय अन्तरष्ट्रीय, तथा स्थानीय संचार माध्यममा काम गर्ने पत्रकार महिला वसुन्धरा गौतम, लामो समयदेखी महीला अधिकारको क्षेत्रमा कलम चलाएको भन्दै महीला अधिकार कर्मी तथा नया युगवोधका सम्पादक लक्ष्मी आचार्य र रेडीयो मध्यपश्चिमका पत्रकार शुशीला वलीलाइ सम्मान गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

सम्मान तथा अधिवेसन विहान ११:३० वजे घोराहीमा गरिने भएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्