२०७८ बैशाख ७ गते मङ्गलवार

पत्रकार महासंघ दाङको मतदान जारी, २ सय १० मत खस्यो



२५ चैत,घोराही । नेपाल पत्रकार महासंघका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन आज एकैसाथभैरहेको छ । पत्रकार महासंघ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भएको हो ।

महासंघको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ ।

यता दाङमा पनि मतदान भैरहेको छ । लक्ष्मी आचार्य र दुर्गालाल केसीको दुई प्यानल विच प्रतिस्पर्धा छ । २ सय ७६ जना मतदाता रहेको नेपाल पत्रकार महासंघ दाङ शाखामा बिहान ९ बजेबाट ९ वटा बुथबाट मतदान जारी छ ।

अहिले सम्म २ सय १० जनाले मतदान गरिसकेका छन् । आज मतदान सकिए पछि भोली बिहानबाट मतगणना हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्