२०७८ बैशाख ७ गते मङ्गलवार

तुलसीपुरका सात जनामा कोरोना पुष्टि



२४ चैत,घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पिसिआर परिक्षण गर्दा थप तुलसीपुरका सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ।
मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का दुई जना ४२ र ५५ वर्षिय पुरुष, वडा नं. ५ का एक जना ३६ वर्षिय महिला, वडा नं. ७ का दुई जना ६० वर्षिय पुरुष र २० वर्षिय महिला, वडा नं. ९ का एकजना २५ वर्षिय पुरुष र वडा नं.१७ का ४९ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन बिमल केसीले जानकारी दिनुभयो।

यी सात संक्रमित मध्य एक जनाको नेपालगञ्जको आईसोलेसनमा भर्ना भएका छन् भने दुई जना महिला र एक जना पुरुष कोरोना अस्पताल बेलझुण्डीको आइसोलेसनमा रहेका छन् । भने अन्य संक्रमित होम आइसोलेसनमा बसेको केसीले बताउनुभयो ।

योसंगै तुलसीपुरमा कोरोनाका सक्रिय संक्रमितको संख्या नौं जना रहेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना रहेको छ । साथै तुलसीपुरमा ८२९ जनामा कोरोना संक्रमण भएको छ । त्यस्तै, फोकल पर्सन केसीले कोरोनाको जोखिम बढ्दै जान थालेकोले सबैमा जनस्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह गर्नुभएको छ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्