२०७८ बैशाख ७ गते मङ्गलवार

खनाल-नेपाल समूहको अनेरास्ववियुले आयल निगम घेर्‍यो



२३ चैत,काठमाडौं। नेकपा एमालेको खनाल-नेपाल समूह पक्षधर विद्यार्थीहरुले नेपाल आयल निगमको कार्यलय घेरेका छन् । नेरास्वियूको केन्द्रीय कमिटीद्वारा आयोजित घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजीसमेत गरेका छन् ।

प्रदर्शनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनका क्रममा मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरिएको थियो ।नेपाल आयल निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ । माधव नेपाल पक्षधर अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामाले घेराउको नेतृत्व गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्