२०८० असोज १७ गते बुधवार

दाङमा सालको काठ सहित दुई जना पक्राउ



२३ चैत्र,घोराही।
सामुदायिक वनमा घाटगद्दी गरि राखिएको करिव दुई सय क्यू फिट सालको काठ सहित दाङमा दुई जना पक्राउ परेका छन् ।

डिभिजन वन कार्यालय दाङले देउखुरीको एक सामुदायिक वनबाट आपूर्तिका लागि छुट्याएर राखिएको सालको काठ सहित दुई जनालाई पक्राउ गरेको हो ।

सामुदायिक वनमा जम्मा गरि राखेको काठ हराएपछी वन कर्मचारीले खोज्दै जाँदा घोराही १७ चौघेराको एक काठ मिलबाट बरामद गरिएको डिभिजन बन कार्यालय दाङले जनाएको छ ।

मिल संचालक फरार रहेका कारण त्यहा काम गर्ने दुई जनालाई पक्राउ गरिएको र उनिहरुलाई डिभिजन बन कार्यालयको हिरासतमा राखिएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्