२०७८ माघ १३ गते बिहिवार

आजदेखी कपुरकोट -चोरखोला सडक खण्ड दैनिक चार घण्टा बन्द



२३ चैत,दाङ।

राप्ती राजमार्ग अन्तरगतको सल्यान कपुरकोट देखि चोरखोलासम्मको सडक दैनिक चार घण्टा बन्द हुने भएको छ । दाङको सिमाना संग जोडिएको चोरखोला सम्म सडक मर्मत गर्नु पर्ने भएकाले सोमवार देखी आउदो बैशाख १ गते सम्म दैनिक चार घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

सडक डिभिजन कार्यालय दाङको जानकारी अनुसार उक्त सडक खण्ड स्तरोन्नतिको लागि यहि चैत २३ गते देखी २०७८ बैशाख १ गते सम्म दैनिक ४ घण्टा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी थमन खड्काले जारी गरेको सर्वाजनिक सुचनामा उल्लेख गरिएको छ ।

साथै उक्त समयमा अत्यावश्यक हलुका सवारी साधन कपुरकोट बजार देखी दाङ जिल्ला तुल्सीपुरको पैंयाखोरेसम्म निर्माण गरिएको डाइभर्सन प्रयोग गर्न सकिने पनि जारी सुचनामा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ चैत्र २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस्