२०७८ बैशाख ७ गते मङ्गलवार

एकैदिन विदेशबाट ल्याइए १५ शव



२२ चैत्र,घोराही ।
आज एकैदिन विदेशबाट १५ शव नेपाल भित्रिएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसियामा ज्यान गुमाएका १२ जना, कुवेतमा ज्यान गुमाएका १, कतारमा १ र साउदीमा ज्यान गुमाएका १ गरी १५ जनाको शव नेपाल ल्याइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

शव नेपाल एअरलाइन्सको जहाजमार्फत नेपाल ल्याइएको हो ।१५ वटै शव त्रिभुवन विमानस्थलमा ल्याएर मृतकका आफन्तहरुले बुझिसकेको बोर्डका सूचना अधिकारी दीनवन्धु सुवेदीले जानकारी दिनुभयो ।

शव बुझ्न विमानस्थल आएका आफन्तलाई भेट्न पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पनि विमानस्थल पुग्नुभएको थियो । शवलाई बुझ्न आएका आफन्तहरुको पीडालाई देखेर आफूले आँसु थाम्न नसकेको भन्दै उहाँले दुःख प्रकट गर्नुभएको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्