२०७८ माघ १३ गते बिहिवार

पत्रकार महासंघ दाङमा लक्ष्मी र दुर्गाको प्यानल चुनावी मैदानमा



२२ चैत्र,घोराही ।
नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह र प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्वमा पत्रकारहरु चुनावी मैदानमा उत्रिएका हुन् ।

२१ सदस्यीय कार्य समितिमा ४२ जनाको उमेद्वारी परेको निर्वाचन समितिले जनाएको छ । संयुक्त गठबन्धनको उपाध्यक्षमा सन्तोष सुबेदी र बसुन्धरा गौतम, सचिबमा आरके सीतल, सहसचिबमा राकेश बस्नेत तथा देवि भण्डारी र कोषाध्यक्ष शरद रेग्मीको उमेद्वारी दर्ता भएको छ ।

उक्त गठबन्धनका सदस्यहरुमा सन्तोष केसी, प्रेम तिवारी, अन्जना चौधरी, यमकला भुसाल, सरीता चौधरी, शिबराज खनाल, दुःखहरण यादब, गिरीराज नेपाली, जीवन नेपाली, दिपक बोहरा, उदय बिसी र बिबेक खड्काको उमेद्वारी परेको छ ।

यसैगरी, प्रेस चौतारीको प्यानलबाट उपाध्यक्षमा ओपेन्द्र बस्नेत , सचिबमा गोकर्ण पौडेल, सह सचिबमा दिप्तीशिखा चौधरी र दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम बिबस घर्तीको उमेद्वारी दर्ता भएको छ ।

सदस्यहरुमा मिना बिश्वकर्मा, लक्ष्मण बिश्वकर्मा, नविनकुमार चौधरी, सन्तोषकुमार गुप्ता, शिब घर्ती, ऋषि यादब, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधब कँडेल, दिपक जिएम, लक्ष्मण बस्नेत, शुनिलकुमार पोख्रेलको उमेद्वारी परेको छ ।

यसैगरी केन्द्रीय परिषद सदस्यमा १४ जना र ३४ जनाको उमेद्वारी परेको छ । पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि यही चैत्र २५ गते निर्बाचन हुने छ ।।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्