२०७८ माघ ९ गते आइतवार

सैघा कटुवाखोलाका २ बालक ४ दिन देखि बेपत्ता



२२ चैत, दाङ । घोराही उपमहानगरपालिका वडा नं १९ साविकको सैघा कटुवाखोला निवासी सुरवीर घर्ती र देविलाल घर्ती चैत १८ गते देखि हराइरहेका छन ।

निमा घर्तिकी छोरा सुरवीर घर्ति र माया घर्तिकी छोरा देविलाल घर्ती १८ गते घोराही जान्छौँ भनि हिडेको तर आजसम्म घर नफर्किएको सुरवीर घर्तिका बुवा खोले घर्तीले बताउनुभयो । उहाँले आफ्नो सबै आफन्तकोमा खोजतलास भएको तर उनीहरु कहिकतै नभएको बताउनुभयो । ११ वर्षका सुरवीर घर्ती जिन्सको जकेट र पाइन्ट, निलो बन्दी लगाएको कान छिडेँको त्यस्तै १० वर्षका देबिलाल घर्ति जिन्सको पाइन्ट, हरियो भेस्ट, कालो सर्ट लगाएको व्यक्ति कहिँकतै देखेमा वडा सदस्य जंग रोकाको मोबाइल नं ९८४७८०१९३५ वा जिल्ला प्रहरी कार्यलमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्