२०७८ माघ १३ गते बिहिवार

तुलसीपुरको फुलवारीमा पशु स्वास्थ्य शिविर



२१ चैत,घोराही ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीमा पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था विजौरी शाखा र पशु सेवा शाखा तुलसीपुरको आयोजनामा शिविर सञ्चालन भएको हो ।

शिविरबाट ६ सय खसी, बाख्रालाई पीपीआर खोप र परजिवी विरुद्धको औषधी प्रदान गर्नुकासाथै पशु उपचार तथा बन्ध्याकरण गरिएको थियो । संस्थाका बजार व्यबस्थापक कमला कान्त दाहालको अध्यक्षता तथा पशु सेवा कार्यालय तुलसीपुरका पशु प्राविधिक टीका न्यौपानेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

त्यस अवसरमा उद्यम विकास अधिकृत फनाधार पोखरेल र जमुना राहु मगरले प्राविधिक सेवा प्रदान गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शाखा प्रबन्धक खगा भण्डारीले गर्नुभएको हो ।।

 

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस्