२०७८ साउन १२ गते मङ्गलवार

बुटवल लुम्बिनीका तीन विदेशी खेलाडी सार्वजनिक



२० चैत,दाङ। नेपाली फुटबलमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिगका लागि बुटवल लुम्बिनी फुटबल क्लबले आफ्ना तीन विदेशी खेलाडी सार्वजनिक गरेको छ।

बुटवलले आज घानाका विलियन ओलियम, नाइजेरियाका ओमुलाजा करिम र चाडका अर्माड बेअडुमलाई सार्वजनिक गरेको हो। यससँगै बुटवल लुम्बिनीले १८ खेलाडीहरूलाई क्लबमा अनुबन्ध गरेको छ भने अब दुई स्थानीय खेलाडी छनोट गर्न बाँकी छ।

प्रकाशित मिति : २०७७ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्