२०७८ माघ ९ गते आइतवार

पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, १ जनाको मृत्यु



१९ चैत । नेपालमा आज १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वितेको २४ घण्टामा ४हजार २१३ जनामा परिक्षण गर्दा १५९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आज ६५ जना संक्रमित निको भएका छन् । अब नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५७९ रहेको छ । यो संख्या पछिल्लो दिमा बढेको देखिन्छ । यस्तै आज एक जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्