१७ चैत,घोराही। दाङका यातायात मजदुर संगठनले आह्वान गरेको अनिश्चितकालिन बन्द फिर्ता लिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मंगलबार दिउसो एक बजेदेखि फिर्ता हुने निर्णय गरेको हो । यातायात मजदुर, यातायात व्यवसायी र स्थानीय प्रशासनबीच बैठक बसी यस्तो सहमति भएको हो । यातायात मजदुर, यातायात व्यवसायी बिच ६ बुंदे लिखित सहमति भएको छ ।
६ बुंदे लिखित सहमति :
-यातायात मजदुरहरुको तलब भत्ता नियमित रुपमा उपलब्ध गराउन यातायात व्यवसायीहरुको मञ्जुरी रहेको ।
-सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोषऐन २०७४ कार्यान्वयन गर्न समहती ।
-नेपाल सरकार, नेपाल यातायात महासंघ र तीन वटै मजदुर ट्रेड यूनियन बिच भएको संयूक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने ।
-कोभिड –१९ को भ्याक्सीन यातायात मजदुरहरुलाई लगाउन प्राथमिकतामा राख्ने ।
-यातायातका क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्न तपशिल बमोजिमको समिती गठन गर्ने र समितीले १ दिन भित्र सुझाब सहित प्रतिवेदन पेश गर्ने सहमति भएको छ ।