१६ चैत,घोराही ।
रंगहरुको पर्व होली आज दाङ सहित तराईका जिल्लाहरुमा मनाईएको छ । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व हिजो हिमाली एवं पहाडी जिल्लामा र आज दाङसहित तराईका जिल्लाहरुमा मनाईएको हो ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने होली पर्व विभिन्न रङ प्रयोग गरेर मनाउने चलन छ । यसबर्ष निकै अनुशासित भएर पर्व मनाएको पाईएको छ । कोरोना जोखिम बढेको भन्दै सरकारले पनि घर परिवारमै सिमित राख्न आग्रह गरेको थियो ।
घर बाहिर निस्कीएर होली खेल्नेको खास्सै चाप देखिएन् । दाङमा पनि शान्तिपूर्ण तरिकाले अनुशासित भएर होपी पर्व सम्पन्न भएको प्रहरीले जनाएको छ । दाङमा होली पर्वका अवसरमा हुने सक्ने कुनै पनि घटनालाई रोक्न सुरक्षा सतर्कता बढाईएको छ । यसैविच ट्राफिक नियम बिपरित चलेको दुई दर्जन सवारीका साधन र हो हल्ला गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।