२०८० असोज १७ गते बुधवार

होलीको दिन दाङमा एक जना मृत भेटिए



१६ चैत्र,घोराही ।
दाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । तुलसीपुर १ को सिसाखानी सामुदायिक वनको जंगलमा एकजना मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
खोलामा जुलको टिप्न गएका स्थानीय महिलाले मृत अवस्थामा शवदेखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ५०/५५ बर्ष उमेरको जस्तो देखिने मृतकको नाम र ठेगाना खुल्न नसकेको ईलाका प्रहरी कार्यालय तुसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

शवलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शवगृहमा राखिएको छ । शवको प्रकृति हेर्दा एक हप्ता अघिको घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्