२०७८ माघ १३ गते बिहिवार

रंगहरूको पर्व फागु आज तराई तथा मधेसका जिल्लाहरूमा मनाईंदै



१६ चैत, घोराही । रंगहरूको पर्व फागु (होली)तराई तथा मधेसका जिल्लाहरूमा सोमबार हर्षोलासपूर्वक मनाइँदैछ ।

पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज (सोमबार)होली मनाउन लागिएको हो ।

होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्