२०७८ माघ ९ गते आइतवार

चालकले लागु पदार्थ सेवन गरे नगरेको र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गर्न शुरु



१५ चैत,काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न शुरु गरेको छ। परिसरले र्‍यापिड टेस्ट किटमार्फत सवारी चालकले मादक तथा लागु पदार्थ सेवन गरे नगरेको परीक्षण गर्न शुरु गरेको हो।

प्रहरीले होलीलाई मर्यादित तथा शान्तिपूर्ण बनाउन ललितपुरका १३ स्थानमा चेकिङ गरेको थियो। सवारी चालकले मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी चलाउँदा दुर्घटना बढेको गुनासोको आधारमा प्रहरीले चेकिङ बढाएको हो।

सो क्रममा परिसरले आज ४३५ सवारी चालकलाई कारबाही गरेको थियो भने १६५ सवारी साधनलाई होल्डमा राखेको थियो। त्यस्तै, ४९८ जनालाई सम्झाई बुझाई पठाएको छ।

र्‍यापिड टेस्ट किटमार्फत परीक्षण गरिएकामध्ये ३ जनामा लागु पदार्थ सेवन पोजिटिभ आएको थियो। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यस्तै, प्रहरीलाई घुस दिन खोज्ने एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। सो सहित प्रहरीले कुल १६ जनालाई पक्राउ गरेको छ। पहिलोपोष्टबाट

प्रकाशित मिति : २०७७ चैत्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्